3 years ago
July 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मन्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
खुला स्पर्धाको पुरुषमा सन्तोष र महिलामा मन्जु च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष खुला फाइनलमा सन्तोषले मधेश प्रदेशका विश्व लामालाई पराजित गरे ।
आर्मीका सनी सिंह तेश्रो र बाग्मतीका विक्रम मोक्तान चौथो भए । महिला खुलाको उपाधि भिडन्तमा मन्जुले आर्मीकै विन्दु पुनलाई हराइन् । बाग्मतीकी निशा चौधरीले कांस्य जितिन् भने प्रदेश १ की सुस्मिता राई चौथो बनिन् । पुरुष-महिला दुवैमा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार, तेश्रोले १५ हजार र चौथोले १० हजार नगद पुरस्कार हात पारे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि मधेशका धर्मेन्द्र रायले स्वर्ण जिते । उनले फाइनलमा गण्डकी प्रदेशका अनिल बरामलाई पाखा लगाए ।
आर्मीका सुनिल कुँवर तेश्रो तथा मधेशका एलिस बम्जन चौथो स्थानमा रहे । शीर्ष चार स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्व अध्यक्ष विनोद श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् । पुरुषमा २ र महिलामा १ गरी ३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]