3 years ago
July 2, 2022
विजय नेपाली, पोखरा
छैटौं पोखरा स्पोर्ट्स अवार्डमा लन टेनिसले ह्याट्रिक अवार्ड जितेको छ । ७ विधामा प्रदान गरिएको अवार्डमा टेनिसले ३ विधा प्राप्त गरेको हो ।
३ विधा प्राप्त गर्दै गर्दा टेनिसका प्रदिप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । यस्तै भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसंगै उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको अवार्ड समेत पाए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको स्पोट्र्स अवार्ड २०७८ सालको खेल प्रदर्शनका आधारमा प्रदान गरिएको थियो । नेपाली राष्ट्रिय महिला सिनियर टोलीकी कप्तान समेत रहेकी अरुणाले क्रिकेटकी मणिषा उपाध्याय र कराँतेकी सरगम कुमाललाई पछि पार्दै इलेक्ट्रोनिक स्कुटर सहित अवार्ड प्राप्त गरेकी हुन ।
अरुणाले यश अघि पनि दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्ड समेत जितेकी थिइन् । उनको नेतृत्वमा नेपालले भलिबलमा दशकौ पछि पहिलो पटक अन्तरािष्ट्रय रुपमा स्वर्ण हासिल गरेको थियो । नेपालले सेन्ट्रोल जोन भलिबलको उपाधी उचालेको थियो । जुन नेपाली भलिबलको इतिहासमा स्वर्णिम क्षण थियो ।
यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडी टेनिसका प्रदिप खड्काले प्राप्त गरे । पाचौं संस्करणको उदियमान खेलाडी अवार्ड समेत प्राप्त गरेका प्रदिप टेनिसमा नेपालको १ नबर खेलाडी समेत हुन । उनले ब्याडमिन्टनका विधान अधिकारी र सितेरियो कराँतेका बुद्ध लामालाई पछि पार्दै अवार्ड जितेका हुन । उनले १३ औँ सागमा नेपाललाई पहिलो पटक टेनिसमा पदक दिलाएका थिए । यतिमात्रै होइन् सानै उमेरमा उनले २०७७÷२०७८ सालमा बंगलशादेशमा टेनिसको यु १९ को राष्ट्रिय प्रशिक्षक समेत भएका थिए ।
पोखरा स्पोर्ट्स अवार्ड वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ सम्मानित भएको छ । संघलाई नगद ३५ हजार रुपैयाँ सहित अवार्ड प्रदान गरिएको हो । तेक्वान्दो प्रदेशमा मात्रै नभइ अन्तर्राष्ट्रिय स्तरमै सबैभन्दा बढी पदक जितेको थियो । नेपालमा समपन्न १३ औ सागमा समेत नेपालले सबैभन्दा बढी पदक प्राप्त गरेको थियो ।
यस्तै वर्ष उत्कृष्ट उदियमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठ सम्मानित भएका छन । उनले श्रीष्टी जैसी र बक्सिङका साहिल लिम्बुलाई पछि पार्दै अवार्ड जिते । वर्ष उत्कृष्ट प्रशिक्षक अवार्डबाट पनि टेनिसका निरज थापा सम्मानित भए ।
लाइफ टाइम एचिभमेन्ट अवार्डबाट गणेश भट्टराई सम्मानित भए । सम्मानित हुँदै थापाले नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय क्षेत्रमा फहराउनु जस्तो गर्वको कुरा अरु केही नभएको बताए । उनले खेलकुदमा राज्यको लगानी अति नै न्यून रहेको गुनासो पोखे । उनले खेलकुदमा राज्यले विनियोजन गर्ने रकम कर्मचारीको तलबका लागि मात्रै हुने गरेको बताए । वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दिपक परियार सम्मानित भए ।
खेलाडीका लागि कुनै देश हुँदैन: मुख्य मन्त्री नेपाली
गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेलाडीका लागि कुनै भुगोल नहुने बताए । उनले खेलाडी विश्वमा नै स्वतन्त्र रहेको र कुनै देशको मात्रै नहुने बताएका हुन् ।
‘खेलाडीका लागि कुनै देश हुदैन । विश्वनै खुल्ला छ’ मुख्य मन्त्री नेपालीले भने । उनले गण्डकी प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले गण्डकी प्रदेश सम्भावना नै सम्भावना बोकेको प्रदेश रहेको र उक्त सम्भावना मध्ये खेलकुद पनि एक रहेको सुनाए ।
खेलकुद मनोरञ्जनका लागि मात्रै नभई स्वास्थ्यका लागि समेत उत्तिकै आवश्यक रहेको सुनाउँदै गण्डकी प्रदेश खेलकुदलाई साथमा लिएर अघि बढ्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका ६० प्रतिशत युवा खेलकुदमा लागेको र यसलाई व्यवसायिक गर्न सके ठुलो फाइदा लिन सकिने उनले बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]