default_image

3 years ago

July 2, 2022

क्योकुशिन–सेईसिन करातेलाई १६ स्वर्ण

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको चाल्सा, जल्पाईगुरी, पश्चिम बंगालमा ३ तिन दिनसम्म आयोजना भएको ‘११औं साउथ एसियन फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०२२’ मा नेपाली टोलीले १६ स्वर्ण जितेको छ ।

नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ स्वर्ण, ७ रजत र ८ काश्य जितेको हो । नेपाली टोली दोस्रो स्थानमा रह्यो ।

नेपालको तर्पmबाट बिजेतामा पुरुष खुल्ला तौल समूहमा (७५के.जि.माथि) विनय शिंह, ७० केजी समूहमा सन्तोष कुमार लामा, ६५ के.जी. तौल समूहमा बिकाश गुरुङ (१८बर्ष माथि), ६५के.जी. तौल समूहमा समुन्द्र भट्ट (१७वर्ष मुनि), ५५के.जी तौल समूहमा चोप बहादुर बुढाथोकी (१८वर्ष माथि), ५५के.जी तौल समूहमा रक्कि यादव (१३वर्ष मुनि), ५० के.जी. तौल समूहमा भुपेन्द्र वली (१८वर्ष माथि), ५० के.जी. तौल समूहमा रवि किशन यादव (१३वर्ष मुनि), ४०केजी तौल समूहमा राजा बाबु दाश (१० वर्ष मुनि), ३५ केजी तौल समूहमा दर्शन मानन्धर (१०वर्ष मुनि), ३० के.जी. तौल समूहमा निशान्त श्रेष्ठ (१०वर्ष मुनि) ले स्वर्ण पदक हासिल गरेका थिए ।

त्यसैगरी महिला खुल्ला तौल समूहमा मञ्जु बि.क., ६०के.जी. तौल समूहमा पत्रिका चन्द, ५०के.जी. तौल समूहमा समृद्धि सापकोटा, ४०के.जी. तौल समूहमा आरति श्रेष्ठ, ३०के.जी. तौल समूहमा ओलिभिया पुनले स्वर्ण पदक हासिल गरेका थिए ।

रजत पदक हासिल गर्नेहरुमा पुरुष खुल्ला तौल समूहमा शाहिल बहादुर श्रेष्ठ, ७० के.जी. रवि यादव(१७वर्ष मुनि), ६०के.जी. तौल समूहमा रमेश बि.क.(१८वर्ष माथि), ६०के.जी. तौल समूहमा संदिप पटेल(१७वर्ष मुनि), ५५ के.जी. तौल समूहमा छविलाल खड्का(१८बर्ष माथि), ४६के.जी. तौल समूहमा अनिश चौधरी (१३वर्ष मुनि) ले रजत पदक हासिल गरेका थिए भने महिला ५०के.जी. तौल समूहमा अनुपा नेपाली रहेका छन ।

त्यसैगरी पुरुष खुल्ला तौल समूहमा मनोज थपलिया, ५५ के.जी. तौल समूहमा निखिल राउत, ५०के.जी. तौल समूहमा अस्मित गिरी,४६के.जी.तौल समूहमा रोहण लामा, ४२के.जी. तौल समूहमा सन्तोष श्रेष्ठ, ४०के.जी. तौल समूहमा प्रशान्त ठाकुर, ३८ के.जी. तौल समूहमा रोशन लामाले रजत पदक जिते । महिला ४६ के.जी. तौल समूहमा संस्कृति सापकोटाले रजत पदक प्राप्त गरेको थियो ।

उक्त साउथ एसियन प्रतियोगितामा नेपालको तर्फबाट क्योकुशिन सेईसिन संघले खेलाडीहरु, कोच, रेफ्रि तथा बिभागिय टिम नेपाली सेना गरी ४५ जनाको टोलीलाई सहभागिता गराएको थियो । उक्त साउथ एसियन प्रतियोगिताका लागि नेपालको तर्फबाट टिम मेनेजरमा बरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, रेफ्रिहरुमा बद्रि थापामगर(नेपाली सेना), अमित तामाङ्ग(नेपाली सेना), सुनिल नगरकोटी(नेपाली सेना) तथा प्रशिक्षक जेन कुमार तामाङ्गले सहभागिता जनाएका थिए ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपालका मिस नेवाः नेपाल २०२१ बिजेता कृषा महर्जन तथा मिस नेवाः नेपाल २०२२ बिजेता सलिना महर्जनलाई विशेष आतिथ्यताको रुपमा भव्य स्वागत तथा सम्मान गरेको थियो भने समापन समारोहमा मिस बंगाल २०२२ मिस अनिशा सेवाले प्रमुख आकर्षणको रुपमा बिशेष उपस्थिती जनाएको थियो भने कार्यक्रममा भारतका कराँतेका बरिष्ठ गुरुहरु हान्शि दिपक भुजेल, हान्शि पण्डित सुरेन्द्र प्रसाद शर्मा, शिहान पंकज कुमार सहनि, शिहान प्रेम चन्द्र शिंहको विशेष उपस्थिति रहेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.