default_image

3 years ago

July 2, 2022

नुवाकोटे टाइगर हेभिवेटमा नयाँ राष्ट्रिय च्याम्पियन

264 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेका हुन् ।

अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार नगद पुरस्कार पाए । झापाको केरखास्थित शहिद धर्मभक्त माविमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको डरलाग्दो भिडन्त मानिने हार्डकोरमा भने डेविडले सफलता पाए ।

डेविडले उसु पृष्ठभूमिका खेलाडी चट्टानलाई हराए । यो स्पर्धामा प्रतिद्वन्द्वीलाई प्रहार गर्न फलामको कुर्सी, बैशाखी र लाठी समेत प्रयोग गरिएको थियो । डेविडले १ लाख नगद पुरस्कार जिते । ७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय रेस्लिङ विभागद्वारा आयोजित प्रतियोगिताको ट्याग टिममा टुपी ग्याङले स्पाइडरम्यान्सलाई पाखा लगाउदै ७५ हजार नगद पुरस्कार हात पारे ।

मिडिल वेटमा साइनले बाकामाथि जित निकाल्दै ९५ हजार नगद पुरस्कार जिते । महिलामा आकृतिले तनुलाई पाखा लगाउदै सफलता हात पारिन् । तनुले ७० हजार नगद पुरस्कार जितिन् । लाइट वेटमा सुजल रिलामीले सीजे वल्र्डलाई पाखा लगाए । सुजलले ६० हजार नगद पुरस्कार पाए ।

विजेतालाई नेकपा एमाले प्रदेश १ कमिटीका इन्चार्ज देवराज घिमिरे, पूर्व मन्त्री अग्नी खरेल, संघीय सांसद् एलपी सावाँ लिम्बू, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव समेत रहेकी नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कोरोना भाइरस (कोभिड–१९) का कारण पहिलोपटक लकडाउन भएएता नेपाल रिङ रेस्लिङ संघको सक्रिएतामा भएको यो नवौं प्रतियोगिता हो । यसअघि दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, बसन्तपुर डबली, बूढानीलकण्ठ, शिवपुरी र पोखरामा रेस्लिङ प्रतियोगिता भएको थियो । नुवाकोटमा दुईपटक रेस्लिङ भइसकेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.