3 years ago
July 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल खेलाडीद्धय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् ।
अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि भरत र नवयुग बिहिबार अमेरिका पुगेका हुन् ।
प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको कार्यक्रममा दुबैलाई नेपाली फुटबलमा पु¥याएको योगदानका लागि सम्मान गरेको हो । सोहि कार्यक्रममा विभिन्न क्षेत्रबाट अमेरिकाको बाल्टिमोरमा सहयोग गरेका निकायका प्रतिनिधीलाई पनि सम्मान गरिएको छ ।
यस्तै कार्यक्रममा सुदूरपश्चिम समाज बाल्टिमोरका युवा समाजसेवी तथा बानाका बोर्ड अफ डिरेक्टर र खेलकुद बिभागका उप–संयोजक बिक्रम शाही पनि सम्मानित भएका छन् ।
सम्मानित हुनेमा साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट, सोहि संस्थाका क्रिकेट डाइरेक्टर उत्सब सिग्देल, बिश्व किरण थापा, सुमन क्षेत्रीसँगै एनआरएनए मेरिल्याण्ड च्याप्टरका सचिव प्रविण खड्कालाई पनि सोहि कार्यक्रममा सम्मान दिइएको हो ।
कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउन आएका सबै टिमका खेलाडीलाई स्वागत मन्तब्य दिएका थिए ।
यस्तै एनआरएनए एनसीसी अमेरिकाका सचिव अनुप खनाललाई पनि बाल्टिमोरमा पुर्याएको योगदानको कदर गर्दै डिस्ट्रिक्ट ८ का डेलिगेट्स कार्ल ज्याक्सन, हेरी भण्डारी र जोसेफ सी बोट्लरले सम्मान गरे । यस्तै मेरिल्याण्डमा रहेको विभिन्न समाजका प्रतिनिधीलाई पनि सोहि कार्यक्रममा सम्मानित गरेको हो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]