default_image

3 years ago

July 1, 2022

२० वर्षीय युवाले हाने ४ सय ४१ रन

101 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डको काउन्ट्री सेकेन्ड ११ च्याम्पियनसिप प्रतियोगितामा योर्कशायर सकेन्ड ११ बाट २० वर्षीय युवा विकेटकिपर ब्याटर फिनले बीनले नटिङ्घमशायरविरुद्ध ४ सय ४१ रनको सानदार ब्याटिङ गरेका छन् ।

बीनले ५ सय १८ बलमा ५२ चौका र ३ छक्कासहित ४ सय ४१ रनको सानदार ब्याटिङ गरेका हुन् । उनको उक्त ब्याटिङको सहयोगमा पहिलो इनिङमा योर्कशायरले ८१४–७ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

काउन्ट्री सेकेन्ड ११ को इतिहासमा एक ब्याटरले बनाएको उच्च प्रदर्शन हो । यसअघि २५ वर्षअघि मार्कस ट्रेस्कोथिकले ३ सय २२ रनको इनिङ खेलेका थिए । यस प्रतियोगिता इतिहासमै पहिलो पटक ८ सय माथिको योगफल बनेको हो ।

नटिङ्घमशायरले पहिलो इनिङमा ५ सय ३४ रनमा अल आउट भएको थियो । दोस्रो इनिङमा २६९/५ को अवस्थामा खेल बराबरीमा सकिएको थियो ।

बायाँ हाते विकेटकिपर बीनले २०१९ मा इंग्ल्यान्डको यू१९ टोलीबाट खेलि सकेका छन् । यू१९ टोलीमा अपेक्षा अनुसार प्रदर्शन हुन नसकेपछि उनी विश्वकप यू१९ टोलीमा पर्न असफल भएका थिए ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.