3 years ago
June 30, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
यसपटक ७ विधामा अवार्ड प्रदान गरिने र अवार्डको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । वर्ष २०७८ को खेल आधारमा मनोनयनमा परेका ३ मध्ये १ जनाले अवार्ड प्राप्त गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) मनोनयनमा छन् । प्रदीप अघिल्लो संस्करणमा पनि मनोनयनमा थिए । यस्तै, वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिबल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन् । भलिबलको राष्ट्रिय टिम कप्तान सम्हालेकी अरुणा दोस्रो संस्करणकी वर्ष खेलाडी महिला हुन् ।
उदियमानतर्फ दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैसी (क्रिकेट) र साहिल लिम्बु (बक्सिङ) तथा उत्कृष्ट प्रशिक्षक विधामा रिजन प्रजू (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र नीरज थापा (टेनिस) परेका छन् ।
वर्ष खेलाडी पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्ने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् । उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार साथमा अवार्ड प्राप्त गर्ने प्रचार संयोजक एवं मञ्च महासचिव राजाराम पौडेलले जानकारी दिए । वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारको नाम घोषणा हुन बाँकी छ । उनीहरुले पनि समान ३५ हजार साथमा अवार्ड पाउने छन् ।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गर्ने निर्णय गरिसकेको छ । खेलाडी छनोट समिति संयोजकमा विनोद लामिछाने तथा सदस्यमा सन्देश श्रेष्ठ र विजय नेपाल सदस्य छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]