3 years ago
June 30, 2022
धनगढी (हाम्रो खेलकुद) – मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीले उद्घाटन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन संघका सचिव सुनिल श्रेष्ठले सञ्चालन गरेका थिए ।
प्रतियोगितामा नौ वटै जिल्लाका चार जना महिला र चार जना पुरुष खेलाडी र एक जना व्यवस्थापक गरी ७२ जना खेलाडी तथा ९ जना व्यवस्थापक सहभागी रहेका छन् । प्रतियोगितामा १९ बर्षमुनि र १५ बर्षमुनिका महिला तथा पुरुष गरी चार विधामा प्रतिस्पर्धा भईरहेको छ ।
प्रतियोगिताको पहिलो दिन दुबै उमेर समुहका चार वटै विधाका प्रिक्वाटरफाईनलदेखि क्वाटरफाईनलसम्मका प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताको दोस्रो दिन दुबै उमेर समुहका क्वाटरफाईनल तथा सेमिफाईनलका खेलहरु आयोजना हुने आयोजकले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]