3 years ago
June 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आर्सिया समूहको आयोजना तथा रोयल नेपाल गल्फ क्लबको संयोजनमा पहिलो महिला खुल्ला गल्फ प्रतियोगिता आउदो शनिबार आयोजना हुने भएको छ ।
आयोजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिने प्रतियोगिता शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने जानकारी गराएको छ ।
महिला क्याप्टेन आर्शिया बानु, गल्फर प्रतिमा शेर्पा र मिडिया पर्सन सरिता श्री ज्ञवालीले संयुक्त रुपमा रोयल नेपाल गल्फसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एवं नेपालको पहिलो नम्बरकी महिला गल्फर प्रतिमा शेर्पाले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा पोखरा, धरान र काठमाडौँका महिला गल्फर सहभागी हुनेछन् ।
प्रतियोगितामा सिनियर र जुनियर गरी दुई समूहमा विभाजन गरेर प्रयियोगिता खेलाइनेछ । सिनियर खेलाडीले १८ होल खेल्नेछन् भने जुनियर खेलाडीले नौ होलमा खेल्नेछन् । जुनियरको उमेर समूह भने ८ देखि १६ वर्षसम्मको हुनेछ ।
प्रतियोगिताको सिनियरतर्फका विजेता खेलाडीले ट्रफिसहित स्कुटर पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
नेपालमा महिला गल्फ खेलाडीको उत्पादन र महिलालाई गल्फ क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]