default_image

3 years ago

June 29, 2022

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने

375 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

७१औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो ।

प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न पाँचवटा विधामा खेलाडीलाई पुरस्कृत गरिने बताइन् । प्रतियोगितामा लाइट वेट च्याम्पियनसिप, ट्याग टिम च्याम्पियनसिप, महिला लाइट वेट च्याम्पियनसिप, मिडल वेट च्याम्पियनसिप, हार्ड कोर च्याम्पियनसिप र हेभी वेट च्याम्पियनसिपमा प्रतिस्पर्धा हुनेछ ।

झापाको केरखास्थित सहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने महासचिव श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुनेछ ।

नेपालमा लामो समयदेखि रिङ रेस्लिङ खेलको विकास एवम प्रवर्द्धनमा लागि परेको संघले यो प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने महासचिव श्रेष्ठको भनाई छ ।

‘विश्वमा नै आकर्षणको रुपमा रहेको यो खेलको नेपालमा विकास सँगै व्यावसायिक खेलाडी उत्पादनमा संघले भूमिका खेलेको छ”, उनले भनिन्, “यो प्रतियोगिता समेत त्यसतर्फ उन्मुख छ ।’ उनले झापामा हुने यो खेललाई अवलोकन गर्न खेलप्रेमीहरु सो स्थान पुग्ने र अन्य जिल्लामा जस्तै यहाँ पनि उत्तिकै माया पाउने विश्वास व्यक्त गरिन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.