3 years ago
June 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्याली अफ चाम्बा’ को एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् ।
१६ देखि १९ जुन सम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर ¥यालीमा भाग लिएका साहले उक्त क्याटगोरीमा पहिलो स्थान हासिल गरेका हुन् ।
हिमाञ्चल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त एक मात्र प्रतियोगिताको ¥यालीअन्तर्गत पहिलो दिन चाम्बाको पुलिस पाउन्डमा टेस्ट राउन्ड भएको थियो । फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) बाट स्विकृत प्राप्त प्रतियोगितामा दुई पांग्रेका साथै चार पांग्रे गाडीको समेत सहभागी थियो ।
प्रतियोगिताको दोस्रो दिन चाम्बाबाट लेग वान (१) प्रारम्भ भयो । पहिलो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दूरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो ।
तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । पूरा ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दूरी राइडरले पार गरेका थिए । यस अनुसार इभेन्टको समग्र दूरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दूरी १६७ किलोमिटर थियो ।
ग्रुप ‘डी’ अन्तर्गत ३८ वर्षिय दीपक २५० सीसी भन्दा माथिको क्याटगोरीमा सहभागी भएका थिए । यस अनुसार दीपक ग्रुप डी क्लास ११ मा सहभागी भएका थिए । यो समूहमा रोयल इनफिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । यस रूटमा ग्राभेल, डर्ट, स्लस जस्ता हाई अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा ‘लाइट स्नो’ पनि हुन्छ ।
हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले उद्घाटन गरेको ¥यालीका विजेतालाई हिमाञ्चल प्रदेशका सांसदले पुरस्कृत गरेका थिए । पुरस्कार समारोहमा नेपाली ढाका टोपीसहित उपस्थित भएका दीपकलाई देख्दा आयोजक टिम अचम्मित भएको थियो ।
यसअघि दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमाञ्लयमा भाग लिएका थिए । तर रेसको दोस्रो दिन चोट बोकेपछि उनले प्रतियोगिता त्याग्नुपरेको थियो ।
अर्को वर्ष २०१८ मा उनले रोयल इनफिल्ड क्याटगोरीमा पहिलो स्थान हासिल गरेका थिए । रोयल इनफिल्ड डी विधामा सहभागी दीपकले रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा सहभागी हुन दीपक १० जुनमा काठमाडौबाट दिल्ली र दिल्ली हुँदै चण्डीगढ़बाट हिमाञ्चल प्रदेशको चाम्बा पुगेका थिए । चण्डीगढबाट पठानकोट करिब २६० किलोमिटर र पठानकोटबाट चाम्बा करिव १२० किलोमिटर छ । नेपालबाट दीपक चाम्बा तीन दिनमा पुगेका थिए । प्रतियोगिता समुद्र सतहबाट ४ हजार ५०० माथि हुने गर्दछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]