3 years ago
June 28, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ ।
छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ अवसरमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । अवार्डको लागि खेलाडी छनोट समितिले यसपटक भट्टराईलाई सम्मान गर्ने निर्णय गरेको हो । पत्रकार विनोद लामिछानेको संयोजकत्वमा रहेको छनोट समितिमा सन्देश श्रेष्ठ र विजय नेपाल रहेका छन् ।
पोखराका अग्रज पर्यटन व्यवसायी समेत रहेका उनी एन्फाका पूर्व उपमहासचिव समेत हुन् । बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । सन् १९८७ मा पहिलो पटक जुनिअर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने ।
१९८८ मा पनि जुनिअर राष्ट्रिय च्याम्पियनसीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चांैथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६÷६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।
राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँचिएपछि उनको खेल क्षेत्रमा पूर्ण बिरामै लागेजस्तो भयो । उनले खेल छाडेर व्यवस्थापन सम्हाल्न थाले । टिम म्यानेजर भएर उनले १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक दिलाए ।
भट्टराई भूतपूर्व खेलाडी मञ्चका पूर्व उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, रेबान पोखराका अध्यक्ष जोय फाउडेशनका संस्थापक सदस्य, पोखरा उपमहानगरपालिकामा उपमेयर बनिसकेका छन् । पोखरा म्याराथनका परिकल्पना समेत उनी भट्टराई हुन् ।
मञ्चले यसअघि प्रा डा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । असार १८ मा पोखरामा हुने समारोहमा योसहित विभिन्न ७ विधामा अवार्ड वितरण गरिनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]