default_image

3 years ago

June 27, 2022

राष्ट्रपति रनिङ सिल्ड सुरु

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद सोमबारदेखि सुरु भएको छ ।

फाइल तस्विर

प्रतियोगिताको पहिलो दिन भलिबलको प्रतिस्पर्धा भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको भलिबलको छात्रमा शंखरापुर नगरपालिका र बूढानीलकण्ठ नगरपालिका फाइनलमा प्रवेश गरेका छन् । छात्रामा चन्द्रगिरी नगरपालिका र काठमाडौं महानगरपालिकाले उपाधि भिडन्त पक्का गरे ।

प्रतियोगितामा भलिबलसहित कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुने छ । यसै प्रतियोगिताबाट बाग्मती प्रदेश राष्ट्रपति रनिङ सिल्ड खेलकुदका लागि खेलाडी छनोट गरिने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । प्रतियोगिता असार १५ गतेसम्म चल्ने छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.