3 years ago
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी जमनसिंह गुरुङले १४औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा प्रथम डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा दुई पदक जितेका छन् ।
उनले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी २ पदक जितेको मानसिंह डोजोले जनाएको छ । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई ५–३ ले पराजित गर्दै स्वर्ण जिते ।
त्यसअघि जमनले उज्वेकिस्तानका खेलाडीलाई २–० ले हराएका थिए । जमन विगत ५ वर्षदेखि दक्षिण कोरियामा छन् । उक्त प्रतियोगितामा मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनले निर्णायकको भूमिका निर्वाह गरेको महेशले जनाएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]