default_image

3 years ago

June 27, 2022

१० युवा क्रिकेटरलाई जिम्वु थकालीले छात्रवृत्ति दिने

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौमा संचालनमा रहेको प्रख्यात रेष्टुरेन्ट जिम्बु थकालीले १० युवा क्रिकेटरहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

व्यवसायको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रेस्टुरेन्टले राजधानीस्थित बालुवाटारमा रहेको क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

यसका लागि जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरकाबीच सम्झैता पत्रमा हस्ताक्षर समत भएको छ । सम्झौतामा एक्सिलेन्स सेन्टरका तर्फबाट संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगरले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।

सम्झौता अनुरुप क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीलाई जिम्वुले एक वर्षको लागि छात्रवृत्ति उपलब्ध गराउनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.