3 years ago
June 26, 2022
धनगढी (हाम्रा खेलकुद) – खेल सम्बन्धी संस्थाहरुको संस्थागत सुशासनका लागि दुुई दिने तालिम कैलालीमा सुुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको व्यवस्थापनमा सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा कैलालीको चुरे गाउँपालिकामा तालिम शुरु भएको हो ।
मञ्चका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको तालिमको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले ब्यानरबाट हस्ताक्षर गरेर समुदघाटन गरिन् । उपाध्यक्ष थापाले खेलकुद क्षेत्रबाटै वडा, स्थानीय तह र जिल्लालाई पहिचान गराउन सकिने बताइन् ।
‘खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग र समन्वय गर्न तयार छ ।’ उनिले भनिन्, ‘खेलकुदले मानिसलाई अनुशासित पनि बनाउने बताइन । खेलकुदले मानिसलाई स्वस्थ राख्न पनि टेवा पुर्याउने छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले मञ्चले प्रदेशमा खेलकुदको विकासमा थप बल दिइरहेको बताए । उनले खेलकुद मंचमा आवद्ध पत्रकारकै कारण यस प्रदेशमा ओझेलमा रहेका खेल क्षेत्र र खेलाडीहरुलाई देशभरी चिनाउन कलममार्फत योग्दान पुर्याईरहेको बताए ।
मञ्चका उपाध्यक्ष श्रवण देउवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भानुुभक्त आचार्यले गरेका थिए । तालिममा कान्तिपुरका खेलकुद पत्रकार हिमेश ब्रजाचार्य, खेलकुद पत्रकार मञ्चका सचिव अन्जन खड्का र सदस्य गोविन्दराज नेपाल र विराट जंग रायमाझीलगायत प्रशिक्षण दिनेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]