3 years ago
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका निर्णायक एवं प्रशिक्षक गोपाल भण्डारी र सञ्जीव नेपाली अमेरिका प्रस्थान गरेका छन् । यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल र सञ्जीव अमेरिका प्रस्थान गरेका हुन् ।
अमेरिकाकै बृहत प्रतियोगिता मानिने कुकिवान तेक्वान्दो एक्स्पोमा अफिसियल रेफ्री जर्जका लागि उनीहरु दुवैलाई आयोजकले नै छनोट गरेको बताइएको छ । कुकिवान तेक्वान्दो एक्स्पो ग्रान्डमास्टर एचके लीको अध्यक्षतामा आयोजना हुन लागेको हो ।
कुकिवान तेक्वान्दो एक्स्पोअन्तर्गत जुलाई २७ देखि जुन ४ सम्म मास्टर्स कोर्स, जुन ३ र ४ तारिखमा एक्जामिनर कोर्स र जुन १ र २ मा कुकिवान तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने तेक्वान्दो प्रशिक्षक एवं निर्णायक गोपाल भण्डारीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न मुलुकका एक हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
गोपाल गत नोभेम्बरमा अन्तर्राष्ट्रिय मास्टर्स एक्जामिनर कोर्समा सहभागी हुन अमेरिका पुगेका थिए । अमेरिका बसाइँका क्रममा टेक्सास राज्यमा आयोजना भएको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितेका थिए । यस्तै ४३औं क्यापिटल नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा भने रजत पदक जितेका थिए ।
यसैगरी गत नोभेम्बर १६ देखि २२ सम्म भएको ८०औं अन्तर्राष्ट्रिय मास्टर्स तथा एक्जामिनर कोर्स उतीर्ण गरेका उनले विभिन्न प्रतियोगितामा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेका थिए । गत डिसेम्बरमा अमेरिकाकै न्यु जर्सीमा भएको मेट्रो इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, टेक्सास राज्यको हुस्टनमा जनवरी १४ र १५ मा भएको यूएस मास्टर्स कप, फ्रेब्रअरी १९ मा भर्जिनिया राज्यमा भएको भर्जिनिया स्टेट तेक्वान्दो च्याम्पियनसिप र अप्रिल ३ न्युजर्सीमा भएको स्टेट च्याम्पियनसिपमा पनि अफिसियल जर्जरेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
यसैगरी सञ्जीवले सन् २०२१ मे ८ मा अमेरिकामा आयोजना भएको नर्थ क्यारोलिना इन्टरनेसनल च्याम्पियनसिप र सन् २०२१ सेप्टेम्बर ११ र १२ मा भएको फ्लोरिडा ओपन अनलाइन च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]