3 years ago
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । विश्वराज कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हुन् ।
अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको डोजाङले जनाएको छ ।
विश्वराजले ब्रिसवेन खुला तेक्वान्दोमा २ स्वर्ण जितेका थिए । उनले क्योरोगीको ६८ केजीमुनि र स्पेशल फाइटमा १–१ स्वर्ण जितेका थिए । त्यस्तै सिड्नी तेक्वान्दो च्याम्पियनसिपमा उनले कांस्य पदक जितेका थिए । दुवै प्रतियोगिता सन् २०१९ मा भएको थियो ।
अध्ययनका सिलसिलामा विश्वराज सन् २०१८ मा अस्ट्रेलिया गएका थिए । त्यही दौरान उनले उक्त प्रतियोगितामा सहभागिता जनाएका हुन् । नेपाल आएका बेला कोटेश्वर तेक्वान्दो डोजाङले विश्वराजलाई सम्मान गरेको हो ।
तेक्वान्दोका मुख्य प्रशिक्षक समेत रहेका कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले विश्वराजलाई दोसल्ला ओढ्याउनुका साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । प्रमुख श्रेष्ठले आफ्ना डोजाङका खेलाडीले गरेको प्रगतिले सिंगो डोजाङ परिवारले गर्वको अनुभूति गरेको बताउदै आगामी दिन अझ सफलताका लागि विश्वराजलाई शुभकामना दिए ।
सम्मानित भएपछि विश्वराजले ७ वर्षदेखि तेक्वान्दो खेल्न सुरु गरेको तेक्वान्दोप्रतिको लगाव र मायाले गर्दा चटकै छाड्ना पनि गाह्रो रहने बताए । उनले अध्ययनका लागि अस्ट्रेलिया गएपनि मौका पाउन साथ प्रतियोगितामा सहभागी हुने र सम्मान गर्नु भएकोमा कोटेश्वर तेक्वान्दो डोजाङलाई धन्यवाद व्यक्त गरे । विश्वराजकी आमा लक्ष्मी पनि पूर्व तेक्वान्दो खेलाडी हुन् । बहिनी पनि तेक्वान्दो खेलिरहेकी छिन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]