default_image

3 years ago

June 25, 2022

प्रदेश १ भलिबल संघमा राई निर्विरोध

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिवल संघ प्रदेश नम्बर १ को अध्यक्षमा खेम राई सर्वसम्मत चयन भएका छन् । इटहरीमा भएको चौथो साधारणसभा तथा अधिवेशनले राईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति निर्विरोध रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुनसरीका गोपाल श्रेष्ठ, ताप्लेजुङका डम्बर लिम्बु र मोरङका विरबल थापा निर्विरोध भए । महासचिवमा झापाका लेखनाथ पराजुली, सचिवमा धनकुटाका बिनय राई र कोषाध्यक्षमा ओखलढुङ्गाका थलु राजभण्डारी सर्वसम्मत चयन भए ।

सदस्यमा तेह«थुमकी तुलसी खापुङ, इलामका राजकुमार खाती, सोलुखुम्बुका रामबहादुर खड्का, पाँचथरका प्रभा काम्वाङ, उदयपुरका निर्मलकुमार चौधरी र संखुवासभाका प्रशिद्ध श्रेष्ठ सर्वसम्मत चयन भए ।

भलिबल संघ प्रदेश १ का अध्यक्ष हरि निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ खेलकूद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, नेपाल भलिवल संघका सचिव तथा जिल्ला तथा प्रदेश १ निर्वाचन संयोजक मदन खड्का, अन्तर्राष्ट्रिय खेलाडी दीपक सापकोटा, संघको तर्फबाट नेपालको पहिलो कप्तान ऋषि आचार्य, खेलकूद विकास बोर्ड प्रदेश १ सदस्य रितेश श्रेष्ठको उपस्थिति रहेको थियो ।

साधारणसभामा प्रदेश १ का १४ वटै जिल्लाबाट प्रतिनिधित्व रहेको निर्वाचित महासचिव लेखनाथ पराजुलीले जानकारी गराए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.