3 years ago
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षमा देबेन्द्र सिंह बैरागी सर्वसम्मत चयन भएका छन् ।
शनिबार बुटवलमा भएको प्रथम अधिवेशनबाट बैरागीको नेतृत्वमा लुम्विनी प्रदेश भलिबल संघ गठन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा योग गुरुङ, रमेश कर्मचार्य र कृष्णा पाठक निर्वाचित भए । महासचिवमा प्रकाश कुमार शर्मा, सचिवमा नवल गुरुङ, कोषाध्यक्षमा विर बहादुर कुँवर, सदस्यहरुमा मौसम कुवँर, बल बहादुर केसी, खुम बहादुर राना, चन्द्र बहादुर विस, दिपक परियार र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन ।
निर्वाचित पदाधिकारीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भंटराई, नेपाल भलिबल संघ उपाध्यक्ष एवम् लुम्बिनी प्रदेशको निर्वाचन समितिको संयोजक निरोज मास्के, सचिव भीम ओली, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य अर्जुन घिमिरे लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]