3 years ago
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अपन राधेमाई युथ क्लब र घोडाघोडी क्रिकेट एकेडेमी, कैलाली यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ९ विकेटले पराजित ग¥यो ।
नेक्सस ११ ले १९ ओभरमा झारिएको खेलमा पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा ८८ रन बनायो । नेक्सस ११ का पारस ऐरले ४ चौका र १ छक्का सहयोगमा ५१ रन जोडे । राधेमाईका ‘म्यान अफ द म्याच’ वसिम अली मन्सुरीले ३ तथा सल्मान अली मन्सुरी र अनिश साह कानुले २–२ विकेट लिए ।
जवाफमा राधेमाईले ११.१ ओभरमा मात्र १ विकेट गुमाउदै जितका लागि आवश्यक ८९ रन जोड्यो । राधेमाईका राहुल हक अन्सारीले ३२ तथा चन्दन कुमारले २२ रन योगदान गरे । घोडाघोडीले कालिकोट जिल्ला क्रिकेट संघलाई ७० रनले हरायो ।
घोडाघोडीले १९.४ ओभरमा १० विकेट गुमाएर १६४ रनको योगफल खडा ग¥यो । घोडाघोडीका ‘म्यान अफ द म्याच’ पारस उपाध्यायले ५–५ चौका र छक्का मद्दतमा ७७ तथा विजय गुप्ताले २५ रन बनाए । कालिकोटका सोचन ओली र म्याट्रिक्स थापाले क्रमशः ४ र ३ विकेट चट्काए । कालिकोट १८.४ ओभरमा सबै विकेट गुमाउदै ९४ रनमा समेटियो ।
कालिकोटका विशाल रावलले ३३ स्कोर गरे । घोडाघोडीका सन्तोष केसीले ३ विकेट लिए । सेमिफाइनलमा घोडाघोडीको भेट अपन राधेमाईसंग हुने छ भने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जिएचसीए, ललितपुरको सामना गर्ने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]