3 years ago
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चेस ओलम्पियाडको ४४औं संस्करणमा सहभागि हुने नेपाली खेलाडीको टुंगो लागेको छ ।शनीबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् ।
मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । बर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शिर्ष बरियताका विवेक थीङ स्वत छनोट भइसकेका छन् । यसैगरी, महिला तर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, बिनिता कपाली र शान्ती धिमाल छनोट भए ।
कृत्तीसराले ५.५ , अनिसा र बिनिताले ५ तथा शान्तीले ४.५ अंक हात पारे । राष्ट्रिय च्याम्पियन तथा शिर्ष बरियताकी सुना लोहनी स्वत छनोट भएकी छिन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]