default_image

2 years ago

June 25, 2022

क्यान निलम्बन पूर्णरुपमा फुकुवापछि आइसिसी प्रतिनिधि नेपालमा

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) माथि लागेको सशर्त फुकुवा पूर्ण रुपमा हटेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि नेपालमा आएर छलफल गरेका छन् । आइसिसीका उपाध्यक्ष इमरान ख्वाजा, आईसिसीका ग्लोबल विकाश प्रमुख विलियम ग्लेनराइट र आइसिसीको एसिया वित्त तथा सञ्जालन अधिकारी नितेशा कोठारीको टोलीले क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग छलफल गरेका छन् ।

‘हामी नेतृत्वमा आएको केहि दिनमै आइसिसीले निलम्बन फुकुवा गर्यो । तर आर्थिक रुपमा पूर्णरुपमा निलम्बन फुकुवा गरेन । हामीले प्राप्त गर्ने अनुदानलाई आइसिसीले सिमित मात्रमा पठाएको थियो । यो २०१४ देखिनै गरेको थियो । निलम्बन फुकुवाले नेपाली क्रिकेटलाई अगाडि बढाउन आइसिसीको निर्णयले उर्जा आएको छ । स्वतन्त्र रुपमा क्रिकेटलाई कसरी विकास गर्न सकिन्छ भनेर संघले निर्णय गर्ने अवस्थामा पुगेको छ’, क्यान अध्यक्ष चन्दले भने ।

‘आइसिसीको प्रतियोगिता गर्न दुई मैदान नहुन सम्म हामीलाई गाह्रो छ । त्यसका लागि आज हामीले राखेप सदस्य सचिव टंकलाल घिसिङ र खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग पुर्वाधारको विषयमा छलफल गरेका थियौं । यदि मैदान अन्तर्राष्ट्रिय स्तरमा बनाउन सके नेपाली क्रिकेटले नयाँ उचाई लिनेछ’, चन्दले भने ।

‘नयाँ कमिटिसँग हामीलेसँगै काम गर्यौ । वर्तमान समयमा क्यानको व्यवस्थापन फ्रोफेसनल (व्यवसायिक) आर्थिक रुपमा हामी सन्तुष्ट छौं । त्यसैले क्यान पूर्णरुपमा निलम्बन फुकवा भएको छ, आइसिसीका उपाध्यक्ष ख्वाजाले भने’, त्यसैमा थपे, “हामीले खेलकुदमन्त्रीसँग भेटेका थियौं । त्यसमा मैदान विकासको लागि छलफल भएको थियो । किनभने अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने नेपालको उच्च सम्भावना छ।”

नेपाल निलम्बनमा पर्दा ख्वाजा आइसिसीको प्रतिनिधिको रुपमा थिए । पाँच सदस्य स्वतन्त्री समितिमा रहँदै ख्वाजाले निष्पक्ष चुनाव गराएका थिए । ‘नेपाल सबै कुरामा विकासको बाटोमा छ । नेपाल एसोसिएटको शीर्ष टोली हो । खेलकुदमन्त्री छलफलमा सकरात्मक थिए । नेपाली क्रिकेट विकासमा सहयोग गर्ने बताए । नेपालमा केहि मैदान उपलब्ध छन् । सरकारको सहयोग हुन सकेमा विकास हुनसक्छ’, उनले भने ।

चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व आएपछि आइसिसीले क्यानलाई लगाउँदै आएको निलम्बन २०७६ असोज अन्तिममा सर्शत रुपमा फुकुवा गरेको थियो । गत जेठ ३१ मा आइसिसीले लगाउँदै आएको कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको थियोे ।

आइसिसीकै प्रत्यक्ष संलग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन भएपनि निलम्बन फुकुवाका लागि सबैभन्दा बलियो आधार बनेको थियो । सो निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । त्यसपघि आइसिसीले असोज २७ मा सशर्त फुकुवा गरेको थियो ।

सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचनलगायतका विभन्न विषय देखाउँदै आइससिीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो । २०७२ को मंसिरमा क्यानको निर्वाचनले चन्दलाई नै अध्यक्षका रुपमा निर्वाचित गरेपछि पछिल्लो विवाद सुरु भएको थियो । पुषमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यान पूर्नगडन गरेपछि विवादले नयाँ रुप लिएको थियो ।

निर्वाचत समिति अदालत गएपछि क्यानको दोहोरो अस्तित्व देखिएको थियो । नेपालको अन्तरिक विवादकाबीच आइसिसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि पटक पटकको पहल आइसिसीले सल्लाहकार समितिमार्फ क्यानको विधान तयार पारेको थियो । उक्त विधानलाई पास गर्न क्यानको विशेष साधारण सभा दुई पटक सम्म बसेको थियो । नयाँ विधान अनुसार ५ सदस्यीय स्वतन्त्र समिति बनाउँदै आइसिसीले क्यान निर्वाचनको वातावरण तयार पारेको थियो । जिल्ला, प्रदेश हुँदै असोज ११ गते क्यानको केन्द्रको निर्वाचन सम्पन्न भएको थियो ।

December 18, 2024

भारत र अस्ट्रेलियाबीचको टेस्ट बराबरीमा

एजेन्सी – भारत र अस्ट्रेलियाबीचको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको तेस्रो टेस्टमा बराबरीमा सकिएको छ । तेस्रो टेस्टमा अस्ट्रेलियाले जितका लागि दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं तथा अन्तिम दिन बुधवारको खेल वर्षाका कारण हुन सम्भव भएन । पहिलो इनिङमा अस्ट्रेलियाले भारतविरुद्ध १ सय ८५ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा ८९ […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

Success

Thank you for your time.