default_image

3 years ago

June 25, 2022

महेन्द्र रत्नलाई उपत्यकाव्यापी भलिबल उपाधि

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र रत्न क्याम्पस ताहाचललले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

ताहाचलस्थित घरेलु कोर्टमा महेन्द्र रत्नले फाइनलमा रत्नराज्य क्याम्पसलाई २७–२५, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा नेपाल कमर्स क्याम्पसले त्रिचन्द्र क्याम्पसलाई २५–१९, २२–२५, २५–१९ र २५–२१ को सेटमा हराउदै तेश्रो भयो ।

उपाधिसँगै महेन्द्र रत्नले १ लाख नगद पुरस्कार हात पा¥यो । दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाए । महेन्द्र रत्नका हेमन्त मल्ल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।

सर्भरमा रत्नराज्यका रोहित थापा मगर, स्पाइकरमा रत्नराज्यका प्रदीप गुरुङ, ब्लकरमा कमर्सका सफल विक, सेटरमा कमर्सका सुवास कुँवर तथा लिफ्टरमा रत्नराज्य लवसन क्षेत्री उत्कृष्ट चुनिए । उत्कृष्ट सबैलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपकी सदस्य चन्द्र बदना राई, आयोजक विभागकी प्रमुख निलम वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.