3 years ago
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाको ११औं नगरसभाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्ने खेलाडीलाई आजीवन भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको शुक्रबार भएको निति तथा कार्यक्रमले गोदावरी नगरपालिकाबाट साग खेलकुदमा स्वर्ण पदक जित्ने नगर भित्रका खेलाडीलाई आजीवन मासिक पाँच हजार रुपियाँ भत्ता दिने निर्णय गरेको हो ।
नगरपालिकाको उक्त निर्णयले अग्रज खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई पदक जित्न प्रोत्साहन मिलेको सागका दोहोरो स्वर्णधारी कराते खेलाडी दीपक श्रेष्ठले बताए ।
नगरपालिकाले खेलाडीलाई खेलमा लाग्न प्रेरित गरेको भन्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठ र अर्का स्वर्णधारी गंगाराम मर्हजनले नगरप्रमुख गजेन्द्र महर्जनलगायत पालिका परिवारलाई खेलाडीको तर्फबाट आभार प्रकट गरेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]