3 years ago
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ, आर्मीका मुकेश पाल, आर्मीकै सोम बहादुर कुमाल र एपिएफकी रमिता कुमारी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा शुक्रबार भएको स्पर्धामा सन्तोषी र मुकेशले १५ सय मिटरमा तथा सोम बहादुर र रमिता ४ सय मिटर दौडमा पहिलो भएका हुन् ।
महिलातर्फ बागमतीकी सन्तोषीले निर्धारित दुरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् । आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने ४ मिनेट ५८.२ सेकेन्डसहित दोस्रो तथा एपिएफकी आशा राउत ५ मिनेट ०५.९ सेकेण्डसहित तेस्रो भइन् ।
पुरुषतर्फ आर्मीका मुकेश पालले ३ मिनेट ५६.७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते, एपिएफका अजित कुमार यादवले ३ मिनेट ५८.८ सेकेण्डसहित रजत पदक जिते । आर्मीका सुनिल सुनारले ४ मिनेट ०१.८ सेकेण्डसहित तेस्रो स्थान हासिल गरे ।
पुरुष ४ सय मिटरमा आर्मीका सोम बहादुरले ४८.७९ सेकेण्डसहित स्वर्ण जिते । आर्मीकै प्रकाश दनुवारले ४९.९२ सेकेण्डसहित रजत पदक तथा ५०.९० सेकेण्डसहित एपिएफका निरप्रताव महतोले कास्य जिते ।
महिलातर्फ एपिएफकी रमिता कुमारी थारुले ५९.८९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितिन् । आर्मीकी निर्मला थापाले १ मिनेट १.०६ सेकेण्डसहित रजत तथा लुम्विनी प्रदेशकी अरुणा रिजालले १ मिनेट १.९ सेकेण्डसहित कास्य जित्न सफल भइन् ।
नेपाल एथलेटिक्स संघको आयोजनामा शुक्रबारदेखि भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, प्रहरी र सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागिता रहनेछन् । तीनदिने प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ स्पर्धा गरी कुल ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर, हाइजप, लङ जम्प, त्रिपल जम्प, ज्यााभलिन, सटपुट, डिसकस, ४ वाई १ सय मिटर रिले, ४ वाई ४ सय मिटर रिले र ११० हडल्स महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ । ४ मिटर हडल्समा पुरुषमा मात्रै प्रतिस्पर्धा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]