3 years ago
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् ।
भारतमा आयोजना हुने प्रतियेगिताका लागि काठमाडौमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तीमा ५ अंक जोडेकी छन् । महिला तर्फ अन्य तीन खेलाडीको टुंगो शनीबार हुने अन्तिम चरणको खेलबाट हुने छ । नेपालकी राष्ट्रिय च्याम्पियन तथा शिर्ष बरियताकी सुजना लोहनी यस अघि नै छनोट भइसकेकी छन् ।
कृत्तीसराले शुक्रबार बिनिता कपाली र पुनम प्रसाइलाई पराजित गरिन् । छनोट चरणमा बाँकी तिन स्थानमा अनीसा न्यौपाने, बिनिता कपाली, शान्ती धिमाल, सिन्दीरा जोशी र खुस्बु थापा तीब्र प्रतिस्पर्धा छ । अनीसाको ४.५ अंक छ भने भने बिनिताको ४ अंक छ । शान्ती, सिन्दीरा र खुस्बुको ३.५ अंक छ । पुजा भण्डारीको ३ अंक छ ।
एक दिन अगाडीसम्म अग्रता लीएको अनिसाले शुक्रबार शान्तीसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन् । बिनिताले छैटौ चरणमा शान्तीलाई हराउदै सम्भावनालाई बलियो बनाएकी हुन् ।
पुरुष तफृ मिलन लामा छनोट भएका छन् । मिलनले पनि ६ चरणको समाप्तीमा ५ अंक बटुलेका छन् । पुरुष तर्फ अब दुई जनाको टुंगो शनीबार हुने अन्तिम चरणको खेलले टुंगो लगाउने छ । बर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शिर्ष बरियताका खेलाडी विवेक थीङ यस अघि नै छनोट भइसकेका छन् । रुपेस जयसवालको ३.५ अंक छ । मिलनले शुक्रबार पाँचो चरणम सुरबीर लामासँग बराबरी गरे भने सातौ चरणमा रुपेसलाई हराए ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]