3 years ago
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र रत्न क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
ताहचल क्याम्पसमा भएको पहिलो सेमिफाइनलमा महेन्द्र रत्नले नेपाल कमर्स क्याम्पसलाई २४–२६, २५–१८, २५–२०, २२–२५ र १५–१३ को सेटमा पराजित ग¥यो । ७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय भलिबल विभागले आयोजना गरेको प्रतियोगिताको अर्को सेमिफाइनलमा रत्नराज्यले त्रिचन्द्र क्याम्पसलाई २५–२२, २५–२३ र २५–१८ ले हरायो ।
फाइनल शनिबार हुने छ । त्यसै दिन तेश्रो स्थानका लागि नेपाल कमर्स र त्रिचन्द्र पनि भिड्ने छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।
राष्ट्रव्यापी खेलकुदअन्तर्गत बुटवलमा शनिबारदेखि खुला प्लस २ कलेजस्तरीय नकआउट भलिबल प्रतियोगिता हुने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् । ब्वाइजमा १८ तथा गल्र्समा ११ टिम सहभागी छन् ।
ब्वाइज÷गल्र्स दुवैका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेश्रोले २५ हजार र चौथो हुनेले १० हजार नगद पुरस्कार जित्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरु बुटवलस्थित सिद्देश्वर लालकुमारी माविमा हुने छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]