3 years ago
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । नेक्सस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगितामा नेक्ससले आस्था कलेज, झापालाई १५ रनले पराजित ग¥यो । यसअघि नेक्ससले ओसिसलाई हराएको थियो । सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहबाट विजेता सीधै सेमिफाइनलमा पुग्ने प्रावधान छ । पहिले ब्याटिङ गरेको नेक्ससले वर्षाका कारण छोट्याइएको निर्धारित १३ ओभरमा ८ विकेट क्षतिमा ७८ रनको योगफल तयार ग¥यो । नेक्ससका सार्थक धितालले ३१ बलमा २ चौका र २ छक्का मद्दतमा ३६ रन जोडे ।
‘म्यान अफ द म्याच’ नेक्ससका सन्दिप विष्टले १५ बलमा १८ रन बनाए । उनले २ चौका प्रहार गरे । बलिङमा सन्दिपले २ विकेट पनि हात पारे ।
आस्थाका दिभ्यम एडले ३ विकेट झारे । प्रत्युउत्तरमा आस्था १३ ओभरमा ७ विकेट गुमाउदै ६३ रनमा खुम्चियो । आस्थाका भूपालकुमार डंगालले १९ बलमा १६ रन जोडे । त्यसमा १ छक्का समेल थियो । नेक्ससका अशोक धामीले २ विकेट लिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]