3 years ago
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघको अध्यक्षमा नविन गुरुङ र महासचिवमा टहल सिंह थापा मगर निर्विरोध निर्वाचित भएका छन् ।
पोखरामा शुक्रबार सम्पन्न संघको चौथो अधिवेशनले अध्यक्ष नविन र महासचिव टहल सिंहसहित सम्पूर्ण कार्यसमिति आगामी चार वर्षका लागि निर्विरोध चयन गरेको हो ।
अध्यक्ष र महासचिव दुबैजना स्याङजाका हुन् । नविन ययअघि संघको उपाध्यक्ष थिए । टहल सिंह एसियन भलिबल रेफ्री क्यािन्डिेडट हुन् । उपाध्यक्षमा पर्वतका हरि कुमार श्रेष्ठ, सचिवमा बागलुङका याम बहादुर पोवी ‘यामु’ र कोषाध्यक्षमा कास्कीका जीवननाथ भण्डारी कास्की निर्वाचित भए ।
कार्यसमितिको सदस्यमा बागलुङका कमला श्रीष, कास्कीका राजेन्द्र जिसी कास्की, कास्कीका रमेश श्रेष्ठ, लमजुङका नौराज गुरुङ, तनहुँका टुकराज गुरुङ, नवलपुरका राजेन्द्र बम, गोरआका राज बाबु श्रेष्ठ र म्याग्दीका गंगा केसी निर्वाचित भएका छन् । प्राविधिक समितिको संयोजकमा कास्कीका नारायण बहादुर भण्डारी कास्की र स्याङ्जाका रमेश केसी निर्वाचित भए ।
गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले संघको चौथो अधिवेशनको उद्घाटन गरेका थिए । सोही अवसरमा मन्त्री गुरुङले भलिबल खेलका लागि योगदान दिने शुभकन्या गुरुङलाई सम्मानपत्र द्वारा सम्मान समेत गरे ।
उद्घाटन सत्रमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण शर्मा, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हरि प्रसाद पराजुली, क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, नेपाल भलिबल संघका केन्द्रिय सदस्य श्रीधर शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका कास्कीका अध्यक्ष राजन पौडेल, क्षेत्रीय खेलकुदका लेखा प्रमुख डिवी नेपालीलगायतको उपस्थित रहेको थियो । यसअघि संघको अध्यक्षमा छ्याम बहादुर थापा रहेको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]