3 years ago
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको खेलमा न्यू डायमन्डले ज्ञान सुधा एकेडेमीलाई २५–१० र २५–१६ को सोझो सेटमा पारजित गर्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । न्यु डायमन्डले यसअघि परोपकार आदर्श माविलाई २–० कै सोझो सेटमा जित निकालेको थियो ।
लगातार दोस्रो जितसँगै डायमन्ड एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको छ । डायमन्डले अब राउन्ड रोविन लिगको अन्तिम खेलमा ब्राइट होराइजनसँग शुक्रबार खेल्नेछ । यस खेलमा जित हात पारे न्यु डायमन्ड राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्नेछ ।
बिहीबारै भएको दोस्रो खेलमा परोपकार आदर्श माविले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २–० को सोझो सेटमै पराजित गर्दै पहिलो जित निकालेको छ । परोपकार यसअघि पहिलो खेलमा न्यु डायमन्डसँग पराजित भएको थियो । परोपकारले ब्राइट होराइजनमाथि २५–९ र २५–२ को सेटमा जित निकाल्न सफल भयो ।
यो नतिजाले परोपकार र ज्ञान सुधाको फाइनल पुग्ने सम्भावना रहेको छ । यि दुई टोलीले शुक्रबार प्रतिस्पर्धा गर्नेछ । जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्नेछ । शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ ।
जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होमको सहभागिता रहेको छ । खेलहरु राउन्ड रोविन लिगको आधारमा हुने छ । शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौथो हुनेले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
चन्द्रागिरी नगरपालिकाले मुख्य प्रायोजन तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । चौथो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
सर्वाेत्कृष्टले तीन हजार रुपैयासहित ट्रफी प्राप्त गर्नेछन् । व्यक्तिगत विधाको उत्कृष्टहरुले समान १ हजार रुपैया र ट्रफी प्राप्त गर्नेछन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]