3 years ago
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र बिश्व ओलम्पिक संघ एशियाको विकास प्रवन्धक जोभिना चो ओली विच आज बिहिबार राष्ट्रिय खेलकुद परिषद्मा भेट वार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् । मन्त्री गहतराजले त्यसका लागि आफु सदा तत्पर रहेको भन्दै आगामी दिनमा विविध कार्यक्रमको सुरुवात गर्ने बताए ।
कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोईराला ज्वाला, सदस्य सचिव टंकलाल घिसिङ, विभागिय प्रमुख मधुसुदन बस्नेत र तालिमा तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क.का साथै ओलम्पियन दीपक बिष्ट र राजेन्द्र भण्डारीको उपस्थिती रहेको थियो ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]