default_image

3 years ago

June 23, 2022

अनिसा र मिलनको एकल अग्रता

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाड छनोटमा अनिसा न्यौपाने र मिलन लामाले एकल अग्रता कायम गरेका छन् ।

अनिसाले चार चरणसम्म सत प्रतिसत जित हात पारेकी छन् । तेस्रो चरणमा अनिसाले बिनिता कपालीलाई हराएकी उनले चौथो चरणमा लक्ष्मी कणेललाई पराजित गरिन् ।

खुलातर्फ मिलनले ३.५ अंकसहित अग्रता कायम गरेका छन् । मिलनले चौथो चरणमा मनीस हमाललाई हराए । ३ अंक सहित सुरबीर लामाले मिलनलाई पछ्याइरहेका छन् । क्षितिज भण्डारी र रुपेस जयसवालको २.५ अंक छ । चौथो चरणको खेलमा सुरबीरले निकेन कुसाथालाई हराए । चौथो चरणमा नै रुपेस र क्षितिज विच बराबरी भएको हो ।

महिलातर्फ कृत्तीसरा अधिकारी र बिनिता कपालीले ३ अंक सहित अनिसालाई पछ्याइ रहेका छन् । चौथो चरणमा विनिताले पूर्णीमा गुरुङ तथा कृत्तसराले पूजा भण्डारीलाई हराए । यसैगरी शान्ती धिमालको २.५ अंक छ ।

काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुष तर्फ १० तथा महिला तर्फ १२ खेलाडी सहभागी छन् । पुरुष तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थिङ स्वतः छनोट भएका छन् ।

थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसै गरी महिला तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन् ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.