3 years ago
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवस (जुन २३) का अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले बिहीबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरी मनाएको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए । ओलम्पियनहरुले टर्च बोकी मार्च पास्ट गरेका थिए भने ओलम्पिक डे– २०२१ को स्मारिका पनि विमोचन गरिएको थियो ।
जुडो, बक्सिङ, फेन्सिङ र करातेका खेलाडीले ‘डेमोस्ट्रेसन’ प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि प्रस्तुती थियो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेका अवसरमा कमिसनले गरेको विभिन्न कार्यक्रम बारे जानकारी गराएका थिए ।
उनले सातै प्रदेश, आर्मी, प्रहरी, सशस्त्र प्रहरी, विद्यालयलगायत विभिन्न संस्थाले विभिन्न समयमा २ हजार ८ सय १७ कार्यक्रम आयोजना गरेको जानकारी गराए । उनले सम्पूर्ण कार्यक्रममा २ लाख ९ हजार ३ सय ५० जनाको संलग्नता रहेको अवगत गराए ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]