default_image

3 years ago

June 23, 2022

राष्ट्रिय एथलेटिक्स भोलिदेखि

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघको आयोजनामा ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, प्रहरी र सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् । तीनदिने प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ स्पर्धा गरी कुल ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर, हाइजप, लङ जम्प, त्रिपल जम्प, ज्यााभलिन, सटपुट, डिसकस, ४ वाई १ सय मिटर रिले, ४ वाई ४ सय मिटर रिले र ११० हडल्स महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ । ४ मिटर हडल्समा पुरुषमा मात्रै प्रतिस्पर्धा हुनेछ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.