default_image

3 years ago

June 23, 2022

गल्फर सुवास र सद्भाव प्रशिक्षणका लागि बैंग्लोर प्रस्थान

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर गल्फर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्य प्रशिक्षणका लागि विश्वकै प्रतिष्ठित गल्फ एकेडेमी भारतको बैंग्लोर प्रस्थान गरेका छन् ।

सुवास र सद्भावसँगै गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य पनि बैंग्लोर प्रस्थान गरेका हुन् । नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा करिव ३ महिना प्रशिक्षण गर्नेछन् ।

टोलीलाई यसअघि नै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंक लाल घिसिङ र नेपाल गल्फ संघका अध्यक्ष टासी घले लगायतले बिदाई गरिसकेका छन् ।

सुरुवातमा सुवास र सद्भावले तीन महिना प्रशिक्षण गर्नेछन् । तीन महिनापछि सद्भाव सोही एकडेमीमा दुई वर्षसम्म थप अध्ययन र प्रशिक्षणमा रहनेछन् । प्रो शुक्र बहादुर राईलाई पनि प्रशिक्षणको वातावरण मिलाउने तयारी गरिरहेको संघले जनाएको छ ।

उक्त एकेडेमीमा विशेषगरी पोषण र इन्ज्युरी व्यवस्थापन सम्वन्धी प्रशिक्षण हुने गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य बताए ।

सुवासलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटिले सहयोग गर्नेछ । ५० प्रतिशत छात्रवृत्तिमा सुवासको लागि तीन महिनामा ६ लाख नेपाली रुपैया खर्च हुनेछ । २५ प्रतिशत छात्रवृत्ति पाएका सद्भावलाई दुई वर्षको १६ लाख भारतीय रुपैया प्रशिक्षण खर्च लाग्नेछ । सद्भाव व्यक्तिगत खर्चमा प्रशिक्षणमा जान लागेको हो ।

यो तीन महिनाको प्रशिक्षणपछि सुवास र सद्भावले थाइल्यान्डमा २७ देखि ३० अक्टोवरमा हुने एसिया प्यासेफिक एमेच्योर च्याम्पियनसिपमा सहभागिता जनाउनेछ । सुवास एमेच्योरतर्फ विश्वमा २६२औं स्थानमा तथा सद्भाव २६७०औं स्थानमा रहेका छन् । गल्फ संघले शीर्ष १० भित्र पर्ने र एसियन गेम्स २०२४ खेल्ने लक्ष्य राखेको छ । यि खेलाडीबाट दक्षिण एसियाली खेलकुद (साग) र एसियन गेम्समा पदकको अपेक्षा गरिएको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.