3 years ago
June 23, 2022
(हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा भाद्रको तेस्रोदेखि आयोजना हुने ‘पूर्ण शंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ मा मुख्य प्रायोजकको रुपमा समाजसेवी पूर्ण शंकर श्रेष्ठ जोडिएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगिताको लागि बिहीबार आयोजक स्पिन इभेन्ट्स प्रालि र समाजसेवी पूर्ण शंकर श्रेष्ठबीच सम्झौता भएको छ । उनीहरुले सम्झौता पत्रमा हस्ताक्षरसँगै आदान–प्रदान गरे ।
करिव १५ लाख रुपैया अनुमानित लागत रहेको यस प्रतियोगितालाई पूर्ण शंकरले हरेक वर्ष मुख्य प्रायोजकवापत अनुमानित लागतको ५० प्रतिशत प्रतियोगिता दौरान बुझाउनु हुनेछ ।
प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भाद्र २१ देखि २५ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल अधिराज्य भरका वडाका खेलाडीहरूले सहभागिता जनाउने छन् ।
आघिल्लो वर्ष यस प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि) गरेर ६ स्पर्धामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । यस वर्ष मेन्स भेट्रान सिंगल्स (५५ वर्षमाथि) को स्पर्धालाई हटाएर २ नयाँ स्पर्धा (मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि)) थप गरि १७ स्पर्धामा प्रयियोगिता संचालन गरिने छ ।
वर्तमान टप १६ टेबल टेनिस खेलाडी बाहेक, देशभरीका अन्य खेलाडीहरूले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । यस प्रतियोगिताको पुरस्कार राशी २ लाख ३० हजार रुपैया रहेको छ । महिला र पुरुष सिंगल्स स्पर्धाका शीर्ष चारले
क्रमश ३० हजार, १५ हजार, समान ७ हजार ५ सय रुपैया हात पार्नेछन् ।
भेट्रान्स सिंगल्स तर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट) हरूलाई क्रमशः १० हजार, ५ हजार, र २ हजार ५ सय हात पार्नेछन् । पदक तालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडालाई नगद रु.५०,०००÷– (पचास हजार रुपैया मात्र) का साथै रनिङ्ग शिल्ड प्रदान गरिनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]