default_image

3 years ago

June 22, 2022

रग्बी १५ मा नेपाल आधिकारिक रुपमा प्रवेश

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ।

तस्विर एनएसजेएफ

प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो। “बंगबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज २०२२’ नाम को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्यो। उसले नेपाललाई ३१–७ स्कोरले पराजित गर्यो।

खेलपछि नेपाली प्रशिक्षक टंक राज गिरीले भने – ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ। अब नेपालको रग्बीमा अगाडी वढ्ने ढोका खुल्यो।’ नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ। विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो। त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ।

कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुशी हुंदै भने – ‘रग्बी सेभन खेलेको दशक वढी भइसक्यो। तर आज आएर बल्ल १५ आफ्नै कप्तानीमा खेल्न पाएँ। ज्यादै खुशी छु। अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुनेछ।’ नेपाल अहिलेसम्म डिभिजन विहिन छ। रग्बी १५ खेलेपछि अब त्यो बाटो खुल्नेछ।

तस्विर एनएसजेएफ

बुधवार भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक) मात्र गर्न सक्यो। तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थप्यो र नेपाललाई दवावमा राख्यो।

यद्यपी खेलको अन्तिम समयमा भने नेपालले खेल पूर्ण रुपमा नियन्त्रण राख्यो र एक ट्राई (५ अंक) हान्न सफल भयो। विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन्। यो संगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने।

ट्राई गरेपछि सिधा पोष्टमा कन्भर्सन (गोलपोष्टमा सिधा हान्ने) को अवसर पाउँछ। श्रीराम श्रेष्ठले उक्त कन्भर्सन मा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो। खेलपछि नेपाली र बंगलादेशी खेलाडीहरुले संयुक्त रुपमा खुशीयाली मनाए।

विराटको कीर्तिमान
३१ वर्षिय विराट टोलीका उपकप्तान हुन्। मैदान प्रवेश गर्नु अगाडि उनले भनेका थिए – ‘रग्बी खेलिकन अझैसम्म एक ट्राई हानेको छैन। आज हान्ने हो।’ भने जस्तै उनले आज उत्कृष्ट स्कोर गरे। खेलको ७५ औं मिनेटमा टोलीका अग्ला खेलाडी श्रीरामले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनी बल लिएर स्कोर लाइनमा डाइभ हानेका थिए।

विराटले भने – ‘यो मेरो करिअरको पहिलो स्कोर हो, त्यो पनि रग्बी १५ मा गर्न पाँउदा हर्षित छु। स्कोर गरेपछि म साँच्चै नै रोएको थिएँ।’ बाग्लुङमा जन्मिएका विराट नेपाली रग्बी टोलीका पुराना सदस्य मध्येका एक हुन्। नेपाली रग्बीको विकासमा उनलाई एक महत्वपुर्ण सदस्य मान्छन्।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.