3 years ago
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमी र ज्ञान सुधा एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बुधबार भएको खेलमा न्यू डायमन्डले परोपकार आदर्श माविलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको । पहिलो सेटमा २५–४ को एकपक्षीय जित निकालेको डायमन्डले दोस्रो सेटमा २५–१७ को सेटमा जित निकाल्न सफल भयो ।
अर्काे खेलमा ज्ञान सुधा एकेडेमीले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २–० को सोझो सेटमै पराजित गर्दै विजयी सुरुवात गरेको छ । ज्ञान सुधाले ब्राइट होराइजनमाथि २५–१२ र २५–१७ को सोझो सेटमा जित निकाल्न सफल भयो ।
शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ । जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होमको सहभागिता रहेको छ । खेलहरु राउन्ड रोविन लिगको आधारमा हुने छ । शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौथो हुनेले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
चन्द्रागिरी नगरपालिकाले मुख्य प्रायोजन तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । चौथो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
सर्वाेत्कृष्टले तीन हजार रुपैयासहित ट्रफी प्राप्त गर्नेछन् । व्यक्तिगत विधाको उत्कृष्टहरुले समान १ हजार रुपैया र ट्रफी प्राप्त गर्नेछन् । बुधबार दुई खेल हुनेछ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]