3 years ago
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडका लागि छनोट खेल बुधवारदेखि शुरु भएको छ । काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुष तर्फ १० तथा महिला तर्फ १२ खेलाडी सहभागी छन् ।
पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थीङ स्वतः छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसै गरी महिला तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुनेछन् ।
छनोट खेलको बाग्मती प्रदेशका खानेपानी, उर्चा तथा सिचाई मन्त्री वसन्त मानन्धरले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल बुद्धीचाल संघका केन्द्रिय सल्लाहकार सुबोधराज सेर्पाली, संघका उपाध्यक्ष नारायण गमाल र ज्ञानेन्द्र खाइजुका साथै काठमाडौं जिल्ला बुद्धीचाल संघका अध्यक्ष नारायण श्रेष्ठ र सचिव प्रविण भडेँलको उपस्थिती थियो ।
पहिलो चरणमा शिर्ष बरियताका खेलाडी रुपेस जययवाल विचको खेल बराबरीमा सकियो । यसैगरी, फीडे मास्टर क्षितिज भण्डारीले प्रकास नेपाललाई हराए । अर्को खेलमा सुरबीर लामाले सजिन मर्हजनसंगको खलमा जित हात पारे । मनीष हमालले कृष्ण थापा तथा मिलन लामाले सुसील चौधरीलाई हराए ।
महिला र्फको खेलमा कृत्तीसरा अधिकारीले खुस्बु थापा, शान्ती धिमालले आभा पुडासैनी तथा अनिसा न्यौपानले पूर्णीमा गुरुङलाई हराए । यसैगरी बिनिता पालीले पुनम प्रसाइसँगको खेलमा जित हात पारिन् । सिन्दिरा जोशीले सन्तोषी विकबाट वाक ओभर पाइन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]