3 years ago
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
जिएचसीए समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई हराएको थियो ।
मूलपानी क्रिकेट मैदानमा जिएचसीएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । एन्जल्सले ११.१ ओभरमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा ग¥यो । एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाए ।
बलिङतर्फ ‘म्यान अफ द म्याच’ जिएचसीएका साइमन रोयले ४ ओभरमा १ मेडन फाल्दै १.७५ को औसतमा मात्र ७ रन दिए । अजय यादवले ३ तथा रुपेश यादवले २ विकेट हात पारे ।
जवाफमा जिएचसीएले ५ ओभरमा विना विकेट क्षति लक्ष्य पूरा ग¥यो । जिएचसीएका अली अक्बर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गरे ।
बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जिएचसीएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो । जिएचसीएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो ।
पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको कालिकोटले १२.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रन जोड्यो । कालिकोटका विश्वास खत्रीले २३ बलमा १२ तथा कृष भण्डारीले २२ बलमा ८ रन बटुले । जिएचसीएका परिक्षित ढकाल र दीपेन्द्र भण्डारीले ४–४ विकेट लिए । ‘म्यान अफ द म्याच’ परिक्षितले ३ ओभरमा १.७० औसतमा ५ रन दिए ।
जिएचसीएले १२.१ ओभरमा ४ विकेट क्षतिमा ४६ रनको लक्ष्य पूरा ग¥यो । जिएचसीएका अनुभव खनालले १७ बलमा ११ रन जोडे । कालिकोटका म्याट्रिक थापाले २ विकेट झारे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]