3 years ago
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिता आज (बुधबार) देखि शुरु हुने भएको छ ।
प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा हुनेछ । शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ ।
जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होमको सहभागिता रहेको छ । यो प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा खेलाडी उत्पादन गर्नु रहेपनि यसपटक वर्षातका कारण धेरै विद्यालयलाई खवर नगरिएको आयोजकले जनाएको छ ।
राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । न्यु डायमन्ड र परोपकार तथा ज्ञान सुधा र ब्राइट होराइजनबीच प्रतिस्पर्धा हुनेछ । हरेक खेलहरु अपरान्ह ४ बजेपछि हुनेछ । शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौथो हुनेले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितालाई चन्द्रागिरी नगरपालिकाले मुख्य प्रायोजन गरेको छ ।
पहिलो हुनेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । चौथो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
सर्वाेत्कृष्टले तीन हजार रुपैयासहित ट्रफी प्राप्त गर्नेछन् । व्यक्तिगत विधाको उत्कृष्टहरुले समान १ हजार रुपैया र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले गर्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]