3 years ago
June 22, 2022
दिपक बोहोरा, पाँचथर – जिल्ला भलिवल संघ पाँचथरमा २३ वर्ष पछि नेतृत्व परिर्वतन भएको छ ।
मंगलबार फिदिममा संघले अधिबेशन गरी नेतृत्व परिर्वतन गरेको हो । २०५६ सालमा जिल्ला भलिवल संघ पाँचथर स्थापाना भए यता अधिबेशन भएको थिएन् ।
निबर्तमान अध्यक्ष महेन्द्र थापा मगरले संघलाई २३ वर्ष पछि नेतृत्व गरे पछि नेतृत्व हस्तान्तरण गरेका छन् । मंलवार भएको संघको अधिबेशनले बविन चौहान लाई अध्यक्षमा सर्वसम्मत् चयन भएका छन् । चैहानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बेदप्रसाद श्रेष्ठ र कोपिला उप्रेती, महासचिवमा कमल तुम्रोक, र कोषाध्यक्षमा सुजन पुरी निर्विरोध चयन भएका नेपाल भलिवल संघ पाँचथरले जनाएको छ ।
त्यस्तै सदस्यमा बसन्त आङ्देम्बे, प्रभा काम्वाङ, जुनु केरुङ, नरेन्द्र थापा र कबिर तुम्बाफो निर्बिरोध चयन भएका छन् ।
मंगलबार भएको संघको अधिबेशनमा केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काको उपस्थित रहेको थियो ।
प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुईजना र केन्द्रिय अधिवेशनका लागि एकजना प्रतिनिधि समेत छनौट गरिनेछ ।
प्रदेशको अधिवेशन आगामी असार १० गते हुनेछ । त्यसका लागि असार ७ गतेसम्ममा प्रदेश नं. १ का १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको भलिबल संघले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]