default_image

3 years ago

June 21, 2022

स्केटबोर्डमा समिर र पेम्बा च्याम्पियन

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – समिर विल्सन सुनार र पेम्बा श्रेष्ठ पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । सिनियरको पुरुषमा समिर र महिलामा पेम्बाले उपाधि जितेका हुन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पोखरा रंगशालाको अन्नपूर्ण स्केट पार्कमा भएको प्रतियोगिताको पुरुषमा धीरज परियार दोश्रो तथा बसन्त राई तेश्रो भए । महिलामा समिक्षा राई दोश्रो तथा स्वाती श्रेष्ठ तेश्रो बने ।

जुनियरको पुरुषमा शिशिर श्रेष्ठले स्वर्ण, आर्यन शाहीले रजत र किरण गुरुङले कांस्य जिते । सोही स्पर्धाको महिलामा खुशी विक प्रथम, एन्जल क्षेत्री द्वितीय तथा सिम्रन थापा तृतीय भए । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले मंगलबारै उद्घाटन गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणमा सिनियरतर्फ पुरुष÷महिलामा ९-९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जुनियरको पुरुषमा ९ र महिला ३ खेलाडी फाइनलका लागि छनोट भएका थिए । सोमबार छनोट चरणका खेल भएको थियो । खेलाडीले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिष्पर्धा गरेका थिए । फाइनलका लागि भारत र मालदिभ्सबाट दुई निर्णायक पोखरा आएको अध्यक्ष खनालले जानकारी दिए ।

कोभिड १९ का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता हुन सकेको थिएन । पोखरामा तेश्रो पटक प्रतियोगिता भएको हो । बाँकी दुई संस्करण काठमाडौमा भएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.