default_image

3 years ago

June 21, 2022

बीसीसी र केसीटीसी सफल

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा मंगलबार सफलता हात पारेका छन् ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा बीसीसीले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ३८ रनले पराजित ग¥यो । बीसीसीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय २४ रन बनायो ।

बीसीसीका श्रीराजवीर श्रेष्ठले ४० तथा विज्ञान अधिकारीले २२ रन जोडे । नेक्ससका सोहन ढुंगानाले ३ ओभरमा १० रन खर्चदै ३ विकेट लिए । नेक्सस १८.३ ओभरमा अलआउट हुनुअघि ८६ रनमा समेटियो । नेक्ससका राहुल अग्रीले ३४ रन बनाए । ‘म्यान अफ द म्याच’ बीसीसीका दक्ष बरालले ४ ओभरमा १४ रन दिदै ३ विकेट लिए । टकमान चौधरीले पनि ३ विकेट हात पारे ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको अर्को खेलमा केसीटीसीले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १ विकेटले हरायो । एन्जल्सले पूरा २० ओभर खेल्दै सबै विकेट गुमाएर ९३ रन जोड्यो । एन्जल्सका युनिशविक्रम सिंहले ५१ रन बनाए । दिवस कुँवरले १८ रन जोडे । ‘म्यान अफ द म्याच’ केसीटीसीका विनित पन्थीले ३ विकेट तथा एन्जल पौडेलले २ विकेट हात पारे ।

जवाफमा केसीटीसीले १९.४ ओभरमा ९ विकेट क्षतिमा ९४ रन जोड्यो । केसीटीसीका अभिषेक उपाध्यायले २७ रन बनाए । एन्जल्सका दिवस कुँवरले ३ विकेट लिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.