default_image

3 years ago

June 20, 2022

पोखरामा स्केट बोर्ड सुरु

176 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता पोखरा रंगशालाको अन्नपूर्ण स्केटपार्कमा सोमबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेको संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् । प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियरतर्फ छात्र-छात्राको पहिलो चरणको खेलहरु सम्पन्न भएको छ ।

फाइनलका लागि सिनियर महिला तथा पुरुषबाट ९÷९ जना जुनियर छात्रबाट ९ जना र जुनियर छात्राबाट ३ खेलाडी छनोट गरिने छ । उनीहरुले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । फाइनल चरणको प्रतियोगिताको निर्णायकका लागि भारत र मालदिभ्सबाट दुई जना निर्णायकहरु पोखरा आउने अध्यक्ष खनालले जानकारी दिए ।

फाइनल खेले मंगलबार हुने छ । प्रतियोगितामा उपाधि विजेता खेलाडीले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले ५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । कोभिड १९ का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता आयोजना हुन सकेको थिएन । पोखरामा तेश्रो पटक प्रतियोगिता भएको हो । बाँकी दुई संस्करण काठमाडौमा भएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.