3 years ago
June 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका सुजन राना मगर र स्लिशा रायमाझी ओलम्पिक दिवसका अवसरमा आयोजित सुटिङ प्रतियोगितामा सोमबार पहिलो भएका छन् ।
व्यक्तिगत १० मिटर एयर राइफलको पुरुषमा सुजन तथा महिलामा स्लिशा पहिलो भएका हुन् । सुजनले ३९६.६ तथा स्लिशाले ४०६.५ अंक जोडे । पुरुषमा कुमार कार्की दोश्रो तथा नारायण सिंह दोङ तेश्रो भए । दुवै आर्मीका हुन् ।
महिलामा ओलम्पियन नेपाल प्रहरी क्लबकी फूलमाया क्याप्छाकी दोश्रो तथा ललितपुरकी सुस्मिता नेपाल तेश्रो बने । राइफलको प्रतिस्पर्धा कुल ४३६ पूर्णाङ्कमा भएको थियो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा भएको व्यक्तिगत १० मिटर एयर पेस्तोलको पुरुषमा सर्वाधिक ३६९ अंकसाथ आर्मीका विष्णु दिस्वा नगर शीर्ष स्थानमा रहे । प्रहरीका मानबहादुर घले दोश्रो तथा काठमाडौंका कुवेर केसी तेश्रो स्थानमा रहे ।
सो स्पर्धाको महिलामा ३७४ अंक बटुलेकी ज्योतिका ढकाल शीर्ष स्थानमा रहिन् । सुनिता महर्जन दोश्रो तथा सरिता बस्नेत तेश्रो भए । पदक विजेता तीनै आर्मीका हुन् । पेस्तोलको पूर्णाङ्क ४ सय थियो ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा २६ पुरुष र २४ महिला गरी ५० खेलाडीले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]