default_image

3 years ago

June 20, 2022

आयोजक नेक्ससको विजयी सुरुआत

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस क्रिकेट एकेडेमीले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ सोमबार विजयी सुरुआत गरेको छ ।

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेक्ससले ओसिस् क्रिकेट एकेडेमीलाई ९१ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ रोजेको नेक्ससले निर्धारित २० ओभरमा २ विकेट क्षतिमा १६० रनको योगफल खडा ग¥यो ।

नेक्ससका लागि ‘म्यान अफ द म्याच’ उत्तम मगरले ३८ बलमा ६९ रन जोडे । उनले ३ चौका र ५ छक्का प्रहार गरे । सन्दिप विष्टले २ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए भने विवेक यादवले २९ रन जोडे । बलिङतर्फ ओसिसका इशान शाहले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको ओसिस १७.१ ओभरमा ६९ रनमा अलआउट भयो । नेक्ससका समिर विष्टले ४ तथा अशोक धामीले २ विकेट चट्काए ।

अर्को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएसीए), ललितपुरले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ६ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको केसीटीसीले निर्धारित २० ओभरमा ८ विकेट नोक्सानीमा १०५ रनको लक्ष्य प्रस्तुत ग¥यो ।

केसीटीसीका अभिषेक उपाध्यायले ३८ तथा राजकरण शर्माले ३२ स्कोर गरे । प्रत्युत्तरमा जिएचसीएले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो । जिएचसीएका अली अक्बर अन्सारीले ५४ बलमा ५३ रन जोडे । ‘म्यान अफ द म्याच’ उनले ६ चौका र १ छक्का हाने ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे ।प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेको आयोजक नेक्ससका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन् । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल असार १४ गते हुने छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.