3 years ago
June 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो भएका छन् ।
उनीहरुले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिमान माझी (१ मिनेट ३२ सेकेन्ड) दोश्रो तथा नेपाल माझी उत्थान संघ, सिन्धुलीका दीपक माझी र साजन माझी (१ मिनेट ३३ सेकेन्ड) तेश्रो भए ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । रामेछापको मन्थलीस्थित सेलेघाटमा भएको प्रतियोगिताको डबल्समा नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी, जीवन माझी, जितेन्द्र माझी र भेषबहादुर माझी पहिलो बने । उनीहरुले निर्धारित १२० मिटर दूरी १ मिनेट ५३ सेकेन्डमा पार गरे ।
नेपाल माझी उत्थान संघ, रामेछापका रामबाबु माझी, कुश्मान माझी, काले माझी र भरत माझी १ मिनेट ५९ सेकेन्डमा दोश्रो भए । तेश्रो स्थानका नेपाल माझी उत्थान संघ, रामेछापका सन्तोष माझी, बलबहादुर माझी, शान्ति माझी र कुमार माझीले २ मिनेट १२ सेकेन्डमा दूरी पूरा गरे । पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाए ।
डुंगा प्रतियोगिताको सिंगल्समा २ जना र डबल्समा ४ जनाले खेल्न पाउने प्रावधान राखिएको थियो । मन्थली नगरपालिकाको सहयोग तथा नेपाल माझी उत्थान संघ, रामेछापको समन्वयमा भएको एकदिने प्रतियोगितामा १ सय खेलाडी सहभागी थिए ।
प्रतियोगिताको राखेप सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै पराम्परागत खेलको जर्गेना गर्ने उद्देश्यले राखेपले प्रतियोगिता आयोजना गरेको बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेतालाई मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]