3 years ago
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पौडीवाज नासिर हुसैन र दुवाना लामाले हंगेरीमा जारी १९औं फिना विश्व पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
बुडापेस्टमा आइतबार भएको पुरुष २०० मिटर फ्रि स्टाईल हिट्समा उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले निर्धारित दूरी २ मिनेट ००.९९ सेकेण्डमा पुरा गर्दै यसअघिको राष्ट्रिय किर्तिमान भंग गरेका हुन् । यसअघि २ मिनट १.६० सेकेण्डको कीर्तिमान रहेको थियो ।
यस्तै दुवाना लामाले महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा नयाँ राष्ट्रिय किर्तिमान बनाएकी हुन् । उनले निर्धारित १ मिनेट १७. ५८ सेकेण्डमा पुरा गर्दै यसअघिको राष्ट्रिय किर्तिमान भंग गरिन् । यसअघि यो विधामा १ मिनेट १७.८८ सेकेण्डको कीर्तिमान रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]